कसैकाे गल्तीको बोझ बोक्न नसक्ने भन्दै सुमना श्रेष्ठले परित्याग रास्वपा
  • प्रमुख खबर

भाद्र २९, काठमाडौं ।।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तथा पूर्व शिक्षा मन्त्री सुमना श्रेष्ठले पार्टी परित्याग गरेको घोषणा गरेकी छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा शिक्षामन्त्री बनेकी देखिएको अस्वस्थ संस्कृति र नेतृत्वप्रति असन्तुष्टि जनाउँदै पार्टी छाडेकी हुन्।

श्रेष्ठले रास्वपा नेतृत्वमाथि गम्भीर आरोप लगाउँदै भनेकी छन्, “जहिलेदेखि पार्टीले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थाल्यो, त्यतिबेलादेखि नै आलोचना गर्दै आएकी हुँ।”

उनले केही व्यक्तिले गल्ती माथि गल्ती गरिरहने अनि त्यसकाे बाेझ सधै हामीले बाेकेर हिड्नु पर्ने भन्दै त्यस्तो प्रवृत्ति अाफुलाई अस्वीकार्य भएकोले पार्टी परित्याग गरेकाे बताएकी छन् ।

उनको पार्टी नेतृत्वले आलोचकलाई सहनु भन्दा पनि उनीहरूलाई मिडिया ट्रायलमार्फत दुःख दिने प्रवृत्ति बढाएको पनि बताइन् ।

उनले आफूलाई समेत पटक–पटक मिडिया ट्रायलको प्रयास गरिएको उल्लेख गर्दै,”अब खुला आक्रमण गर्ने भए पनि सजिलो बनाइदिएको छु। मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला, मैले पार्टी छाडे।”

सुमनाले यस भन्दा अघि रास्वपाको सह-महामन्त्रीबाट राजीनामा दिएकी थिइन् । त्यस समयले उनले सांसद भएकोले पार्टीको काम गर्न समय नहुने भन्दै राजीनामा दिएकी थिइन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्