भाद्र ३१, काठमाडौं ।।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको बडादशैंको मुख्य टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ बजेर ५३ मिनेटमा रहेको जनाएको छ।
यस्तै समितिका अनुसार उक्त दिनको देवी विसर्जनको साइत भने बिहान ९ भएर २३ मिनेटमा रहेको छ। असोज ६ गते घटस्थापना रहेको र यसको साइत बिहान ९ः१३ मिनेटमा रहेको छ।
असोज ७ गते बिहान ९ः५३ बजे झण्डा फेर्ने, असोज ११ गते श्रीपचलीभैरवको यात्रा, असोज १३ गते फूलपाती र सोही दिन श्री तुलजाभवानी यात्रा बिहान ७ः१७ बजे र स्थिरासन बिहान ९ः२३ बजेको साइत जुरेको छ।











