मौसम पूर्वामुमान: देशका केही ठाउँमा मध्यम वर्षाको सम्भावना
  • प्रमुख खबर

असोज०३, पोखरा ।।
देशका धेरै ठाउँमा गएराति पानी परेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँ तथा बाँकी भागका एक/दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो पनि मौसम बदली नै रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागका केही ठाउँ तथा बाँकी भागका थोरै ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराइ भागका एक/दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ ।

महाशाखाका मौसमविद् सञ्जिव अधिकारीका अनुसार यो वर्षको मनसुन बाहिरिन थप समय लाग्न सक्ने देखिएको छ । भारतमा औसतको तुलनामा झण्डै दुई दिन छिटोगरी मनसुन बर्हिगमन भइरहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्