चन्द्रागिरिमा एक महिलाको हत्या, एक जना पक्राउ
  • प्रमुख खबर

अश्विन ९,काठमाडौं
चन्द्रागिरि नगरपालिका–१ दहचोकस्थित खहरे थापागाउँमा एक महिलाको हत्या भएको छ । प्रहरीले हत्या आरोपमा ३२ वर्षीय सरोज थापालाई नियन्त्रणमा लिएको जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी पूर्णिमा चन्दका अनुसार, थापागाउँकै सरोजले चन्द्रागिरि नगरपालिका–६ चेकपोष्ट महादेवस्थान घर भइ खहरे थापागाउँ माइतीघरमा बस्दै आएकी ६८ वर्षीया पवित्रा केसीलाई दाउराको चिर्पटले प्रहार गरी हत्या गरेको आशंका गरिएको छ।

घटनाको कारण अझै खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। मृतक महिलाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ।


 

तपाईको प्रतिक्रिया दिनुहोस्