पोखराकी मोडल सपनाले कसिन लगनगाँठो 
  • शिशिर पौडेल

असोज १०, पोखरा ।।

मोडल सपना सापकोटा बैबाहिक जीवनमा बाँधिएकी छिन्।
पोखराको अमरसिंह चोककी उनले स्याङ्जा घर भई हाल पोखरामा बस्दै आएका सागर पौडेलसँग विहीबार धार्मिक परम्परा अनुसार लगनगाँठो कसेकी हुन् । सपना र सागर केही समय देखि प्रेममा थिए ।सपनाले केही म्युजिक भिडियोमा मोडलिङ गरेकी छिन् भने सागर व्यवसायी हुन्।
सपनाले केही वर्ष अगाडि रिलिज भएको टि आर पौडेलको स्वर र संगीत तथा शिवांश विनोदको निर्देशन रहेको ‘बहाना’ गीतमा अभिनय गरेकी छिन्।
उनले पोखरामा निर्माण भएका अन्य गीतमा पनि विभिन्न मोडलसँग स्क्रिन शेयर गरेकी हुन्।
तपाईको प्रतिक्रिया दिनुहोस्