अश्विन १७,जनकपुरधाम
महोत्तरीको बर्दिबास नगरपालिका–खैरमारामा यात्रुवाहक बस दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।
ना ६ ख १४६४ नम्बरको बस आज बिहान काठमाडौं जाँदै गरेको अवस्थामा दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते भएका सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ का १२ वर्षीय प्रविण खड्काको उपचारका क्रममा शुभस्वस्तिक अस्पताल बर्दिबासमा मृत्यु भएपछि मृतकको संख्या दुई पुगेको हो । यसअघि करिब ८० वर्षीय स्थानीय चुल्हाइ चौधरीको घटनास्थलमै मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी शैलेन्द्र भट्टका अनुसार दुर्घटनामा २० जना घाइते भएका छन् । तीमध्ये ५ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।











