पोखरामा आज ‘नेपाली ब्रो’ र ‘द युभ’को रेसलिङ भिडन्त हुदै
  • प्रमुख खबर

असोज १८, पोखरा ।।
पोखरामा रहेको क्लब सिक्स्टीनमा शनिबार ‘द सिक्स्टीन सोडाउन’ प्रतियोगिता हुने भएको छ। कार्यक्रम साँझ ६ बजेदेखि राती १० बजेसम्म चल्नेछ। कार्यक्रममा प्रवेश निःशुल्क गरिएको छ। रेसलिङमा दुई चर्चित नेपाली रेसलर ‘नेपाली ब्रो’ कुमार थापा र ‘द युभ’ युवराज गिरीबीच प्रतिस्पर्धा हुनेछ।

अमेरिकामा पूर्वसैनिकका रूपमा काम गरेका थापा जसलाई रेसलिङको दुनियाँमा नेपाली ब्रो नामले चिनिन्छ। थापा नेपाल वुमेन रेसलिङ फाउण्डेशन (NWWF) का क्रुजरवेट च्याम्पियन हुन्। उनी भारत, पाकिस्तान, अमेरिका, युरोप लगायतका देशमा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गरिसकेका छन्। नेपालमा रेसलिङको प्रवर्द्धन मुख्य उद्देश्य रहेको थापाले बताए।

‘नेपालमा पनि अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न सकिन्छ। तर, त्यसका लागि सुरक्षा र व्यावसायिक प्रशिक्षण अति आवश्यक छ।’ थापाले भने पोखराका गिरी भारतमा बस्दै आएका छन्।  उनले पाकिस्तान, भारत, रुस, चीन लगायतका देशमा रेसलिङ प्रतिस्पर्धा जितिसकेका छन्। युवराजले काठमाडौंको लैनचौरमा वुमेन रेसलिङ इन्टरटेन्मेन्ट सञ्चालन गरेका छन् <span;>उनले भने, ‘म आफूमा पूर्ण विश्वास राख्छु। आजको खेल पनि जित्नेछु। रेसलिङ नेपालको पहिचान बन्नेछ।’ प्रतियोगितामा मुई थाई पनि समावेश छ । मुई थाईमा १६ जना खेलाडी सहभागी हुनेछन्।प्रथम पुरस्कार ५० हजार रूपैयाँ छ।

प्रतिस्पर्धा लिग प्रणालीमा आधारित हुनेछ भने अन्तिम चरणमा उत्कृष्ट दुई खेलाडीबीच फाइनल खेल हुनेछ । कार्यक्रम आयोजक सुजन रोकाले क्लब सिक्स्टीनलाई  पोखराको खेलकुद र इभेन्ट हबको रूपमा स्थापित गरिने योजना रहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्