जेनजी आन्दोलनमा देखिएका ‘टीओबी’ टिसर्टधारी युवक पक्राउ
  • प्रमुख खबर

Oplus_131072

असोज २७, काठमाडौं ।।
जेनजी आन्दोलनका क्रममा ‘टीओबी’ लेखिएको टिसर्ट र पेस्तोलसहित देखिएका एक युवकलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ।

आइतबार साँझ पक्राउ परेका ती युवक तेन्जिङ दावा हुन्। प्रहरीका अनुसार दावाले आफूमाथि अनुसन्धान सुरु भएको थाहा पाएपछि पेस्तोलबारे स्पष्टीकरण दिन स्वेच्छाले उपत्यका प्रहरी कार्यालयमा पुगेका थिए।

त्यहाँबाट उनलाई थप अनुसन्धानका लागि भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको हो।

प्रहरीले न्यायिक निकायबाट म्याद लिई थप अनुसन्धान अघि बढाउने तयारी गरेको छ। कतिपयले दावासँग सम्बन्धित ‘टीओबी’ समूहलाई बुलेट बाइकर्स क्लब भएको बताइरहेका छन् ।

उनीहरूको दाबी अनुसार उक्त समूहको फ्रि–तिब्बत आन्दोलनसँग प्रत्यक्ष सम्बन्ध नभएको बताइएको छ। तर केही विज्ञहरूले भने यदि यो समूह वास्तवमै फ्रि–तिब्बत अभियानसँग जोडिएको हो भने यसले नेपाल–चीन सम्बन्धमा संवेदनशील असर पार्न सक्ने सम्भावना रहने बताइरहेका छन्।

भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनमा प्रहरीले टीओबी समूह कसरी र किन सक्रिय भयो भन्नेबारे योजनाबद्ध रुपमा अनुसन्धान सुरु गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्