इतिहासकै महँगो सुन, बिहीबार तोलाको रु २ लाख ५० हजार ९ सय पुग्यो
  • प्रमुख खबर

असोज ३०, काठमाडौं ।।
नेपाली बजारमा बिहीबार(आज)सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। लगातार बढ्दो सुनको मूल्य आज तोलामा २ हजार रुपैयाँले वृद्धि हुँदै इतिहासकै उच्च बिन्दुमा पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा रु २ लाख ५० हजार ९ सय कायम भएको छ।

यो नेपाली बजारमा अहिलेसम्मको सबैभन्दा उच्च दर हो। बुधबारसम्म सो मूल्य तोलामा रु २ लाख ४८ हजार ९ सयमा कारोबार भएको थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। बुधबार तोलामा रु ३ हजार २ सय ४० मा कारोबार भएको चाँदी आज बढेर रु ३ हजार २ सय ७५ पुगेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा बढ्दो मूल्य र स्थानीय बजारमा उच्च मागका कारण नेपाली बजारमा सुनचाँदीको दर निरन्तर उकालो लागिरहेको व्यवसायीहरूको भनाइ छ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्