मधेशमा नयाँ गठबन्धन सरकार: सोनल मुख्यमन्त्री, महेशप्रसाद र कनिष पटेल मन्त्री नियुक्त
  • प्रमुख खबर

Oplus_131072

असोज ३०, जनकपुर ।।
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनल र दुई जना मन्त्रीले शपथ लिएका छन् ।

प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित एक समारोहका बीच मुख्यमन्त्री सोनलले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट शपथ लिएका हुन्।

सोही अवसरमा नवनियुक्त दुई मन्त्रीले समेत शपथ लिएका छन्। जनमत पार्टीका नेता महेशप्रसाद यादव र नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक कनिष पटेलले विना विभागीय मन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिएका हुन्।

सोनलले हिजो मात्र ५ दलका ५६ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीको पद प्राप्त गरेका थिए ।

सोनलको सिफारिसमा आज दुई मन्त्री नियुक्त भएपछि नयाँ सरकार औपचारिक रूपमा सक्रिय बनेको छ।

लोसपा नेतृत्वको यो गठबन्धनमा जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादी सहभागी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्