असोज ३१, काठमाडौं ।।
नेपालको बजारमा सुनको मूल्यले फेरि नयाँ उचाइ छोएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार(आज) छापावाल सुनको मूल्य तोलामा २ लाख ५८ हजार रुपैयाँ पुगेको छ। यो अघिल्लो दिनको तुलनामा ७ हजार १सय रुपैयाँले बढी हो।
महासंघका अनुसार बिहीबार सुन तोलामा २ लाख ५० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको थियो। नयाँ दर अनुसार १० ग्राम सुनको मूल्य २ लाख २१ हजार १ सय ९५ रुपैयाँ पुगेको छ।
यसैगरी, चाँदीको मूल्यमा समेत वृद्धि भएको छ। बिहीबार तोलामा ३ हजार २ सय ७५ रुपैयाँ रहेको चाँदी आज बढेर ३ हजार ३ सय ५० रुपैयाँमा पुगेको छ।















