नेपालको प्रतिनिधि टोली बहराइन जाने, ५ खेलमा ७ खेलाडीले प्रतिस्पर्धा गर्ने
  • प्रमुख खबर

कार्तिक २, काठमाडौं ।।
कात्तिक ५ देखि १४ गतेसम्म बहराइनमा हुने तेश्रो एसियाली युथ गेम्समा नेपालका ७ युवा खेलाडी ५ खेलमा प्रतिस्पर्धा गर्ने तयारीमा छन्।

सो प्रतियोगितामा नेपालको तर्फबाट ब्याडमिन्टनमा सविना श्रेष्ठ, गल्फमा रुवेन थापा, जुडोमा समिता नेपाली, मुवाँथाईमा पलेस्ता कक्षपति र गेन्जी राई तथा पौडीमा अथर्व सिंह र आर्या महर्जन रहेका छन्।

टोलीका प्रशिक्षकहरूमा अफिसियल तिलक पाण्डे (ब्याडमिन्टन), ध्रुवबाबु थापा (गल्फ), देवकीमाया श्रेष्ठ (जुडो), भूपेश शाक्य (मुवाँथाई) र नयना शाक्य (पौडी) रहेका छन्।

टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, युवा तथा खेलकुद मन्त्रालयका सह–सचिव एवं राखेपका सदस्य रामचरित्र मेहता, राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराई र राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले एक समारोहबीच बिदाइ गरेका छन्।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्