कात्तिक ०३, पोखरा ।।
“स्वास्थ्यकर्मीको सम्मान, स्वास्थ्य सेवाको उन्नती हाम्रो अभियान हो” भन्ने मूल उद्घोषका साथ गण्डकी प्रदेशका रेडियोलोजी तथा इमेजिङ विभागमा कार्यरत स्वास्थ्यकर्मीहरूले नर्सिङ आन्दोलनमा एकबद्द्ता जनाउँदै आफ्ना हकहित र पेशागत सुरक्षासम्बन्धी माग राख्दै प्रेस विज्ञप्ति निकालेको छ । विगत केही दिनदेखि पोखरा लगायत देशका विभिन्न अस्पतालहरुमा कार्यरत नर्सहरूले आफूहरूले राम्रो कार्य गर्दा पनि नेपाल सरकारले तोकेअनुसारको तलब प्राप्त गर्न नसकेको हुँदा देशैभरी यतिबेला नर्सहरूले आफ्नो सेवा सुविधाको माग राख्दै आन्दोलन गरिराखेका छन्।
यसै अवसरमा गण्डकी प्रदेशका रेडियोलोजी तथा इमेजिङ विभागमा कार्यरत स्वास्थ्यकर्मीहरूले नर्सिङ आन्दोलनमा एकबद्द्ता जनाउँदै आफ्ना हकहित र पेशागत सुरक्षासम्बन्धी माग राख्दै प्रेस बिग्यप्ती निकालेको नेपाल रेडियोलोजिकल सोसाइटी गण्डकी प्रदेशका सचिव बिमल क्षेत्रीले जानकारी दिए। उनका अनुसार विज्ञाप्तमा उनीहरूको माग यस्तो रहेको छ।
१. रेडियोलोजी विभागमा कार्यरत सबै स्वास्थ्यकर्मीहरूलाई सम्बन्धित निकायमा दर्ता गरिनुपर्छ र प्रत्येक रेडियोलोजी विभागलाई कानुनी रूपमा दर्ता गरिनुपर्छ।
२. नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २०८२/०६/२४ मा चलान नम्बर १८ अनुसार तोकिएको तलब तुरुन्तै लागू गरिनुपर्छ।
३. रेडियोलोजी सेवा क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई विकिरण जोखिम भत्ता, साथै आवश्यक सुरक्षा उपकरणहरू प्रदान गरिनुपर्छ। हामी सरकार, सम्बन्धित निकाय र सरोकारवालाहरूको ध्यानाकर्षण गराउन चाहन्छौं कि स्वास्थ्यकर्मीहरूको माग व्यक्तिगत स्वार्थ होइन, तर सेवा क्षेत्रको दीर्घकालीन स्थिरता र जनस्वास्थ्यको सुरक्षाको आधार हो।
गण्डकी प्रदेशका रेडियोलोजी तथा इमेजिङ विभागमा
निजी/सरकारी स्वास्थ्य संस्थामा कार्यरत एक्स–रे स्टाफहरूको तलब दर सेवा सुबिधाको उचित मुल्यांकन एनएचपीसी (नेपाल हेल्थ प्रोफेसनल काउन्सिल) को मान्य लाइसेन्स बिना रेडियोलोजी तथा इमेजिङ कार्य गर्न नपाइने, रेडियोलोजी संचालन गर्ने संस्था अनिवार्य बिभागमा दर्ता हुनुपर्ने व्यवस्था कडाइका साथ लागू गर्नुपर्ने उल्लेख छ।
त्यस्तै, सरकारी नियम अनुसार सबै रेडियोलोजी तथा इमेजिङ कर्मचारीहरूलाई रेडिएसन एक्सपोजर भत्ता उपलब्ध गराउन, कार्यस्थलमा आवश्यक सुरक्षा सामग्रीहरू — लिड एप्रोन, थाइराइड सिल्ड, गोनाड सिल्ड, लिड ग्लास, लिड ब्यारेयर — अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने माग गरिएको छ। सोसाइटीले स्वास्थ्यकर्मीहरूको सुरक्षा, मर्यादा र पेशागत पहिचान सुनिश्चित गर्न सरकार गम्भीर हुनुपर्ने भन्दै मागहरू तत्काल सम्बोधन गर्न आग्रह गरेको छ।
















