मौसम पूर्वनुमान: देशभरको मौसममा सफा, पहाडी भागमा आंशिक बदली
  • प्रमुख खबर

कात्तिक ०४, पोखरा ।।

देशभर कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भागमा आंशिक बदली र बाँकी अरु ठाउँमा मौसम सफा नै रहनेछ ।

कोशी, कर्णाली प्रदेशका पहाडी भागका एक/दुई ठाउँमा छिटपुट वर्षाको सम्भावना छ । आज राति र भोलि बुधवार पनि देशका पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने र कोशी तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

भाइटीकाको दिन पर्सि बिहीवार पनि सबैजसो ठाउँमा मौसम सामान्यतया सफा रहने अनुमान छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्