कार्तिक ४, काठमाडौं ।।
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख राजनीतिक दलका नेताहरूसँग आगामी प्रतिनिधिसभा निर्वाचन सम्बन्धी छलफल गर्न लागेकी छन्।
प्रधानमन्त्री कार्कीले मंगलबार(आज)दिउँसो ४ बजे राष्ट्रिय मान्यता प्राप्त ७ राजनीतिक दलका नेताहरूसँग छलफल गर्ने कार्यक्रम तय गरिएको उनको सचिवालयले जनाएको छ।
सरकारले निर्वाचनबारे दलहरूसँग संवाद नगरेको भन्दै उठेको आलोचनापछि पउनलेले आजको बैठक बोलाएको बताइएको छ।
सचिवालयका अनुसार प्रधानमन्त्री कार्कीले छलफलमा आगामी फागुन २१ गते निर्धारण गरिएको प्रतिनिधिसभा निर्वाचनको तयारी, निर्वाचन सुरक्षादेखि आवश्यक व्यवस्थापकीय पक्षसमेतबारे चर्चा हुने बताइएको छ।
गत भदौ २३ र २४ गतेको जनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले ६ महिनाभित्र निर्वाचन सम्पन्न गर्ने म्यान्डेट पाएको छ।
यही म्यान्डेट अनुसार उनले राजनीतिक सहमति र समन्वयलाई प्राथमिकता दिँदै दलहरूसँग संवाद सुरु गर्न लागेकी हुन्।
प्रधानमन्त्रीको सचिवालयले भनेको छ, “प्रधानमन्त्रीको उद्देश्य निर्वाचनलाई सहमति, विश्वास र पारदर्शितासहित सम्पन्न गर्ने हो। त्यसका लागि सबै दलको सुझाव र समर्थन अपरिहार्य छ।”