कात्तिक ०४, पोखरा ।।
नेपालीहरूको महान दोस्रो पर्व तिहार यतिबेला सबैको घर आँगनमा भित्रिएको छ। तिहारको रोनक छायासँगै पोखरामा पटकाको आवाजले सर्वसाधारण त्रसित भएका छन् ।
देश परिवर्तनका लागी यही भाद्र २३ र २४ गतेको जेन- जी आन्दोलन पश्चात देशको धरोहर सिंहदरबार लगायत सार्वजनिक सम्पत्ती साथै व्यक्तिका निवासहरू ध्वस्त भएका थिए। यस सँगै प्रहरी प्रशासन पनि कमजोर बनेको थियो । यसैको मौका उठाउँदै यतिबेला पोखरा लगायत विभिन्न ठाउँहरूमा पटका पट्काउनेको माहोल बढेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले विज्ञप्ती जारी गर्दै पटका नपड्काउन आग्रह गरे पनि कसैले सुनाई गरेका छैनन् ।
“घर माथीबाट पटका पड्काउने र तल बाटोमा फालिदिने गर्दा बाहिर निस्केर हिँड्न नै गाह्रो ।पटकाको आवाजले जो कोहीलाई असर गरेको हुन्छ । पटाका पड्काउनाले कहिलेकाहीँ जिउ धनको क्षति हुने गरेको पनि हामीले थाहा पाएका छौं ।”
पोखरा महानगरपालिका वडा नं. १ बगरका हरि लामिछाने भन्छन् विगतका वर्षमा भन्दा यस वर्ष पटका धेरै पड्किएका छन्। यसले बाटोमा हिँड्ने पैदल यात्रुसँगै सवारी साधन चराचुरुङ्गी लगायत बस्तुभाउहरूलाई त्रसित बनाएको बताउँछन्। लामिछाने भन्छन् यसपाली तिहारमा घर माथीबाट पटका पड्काउने र तल बाटोमा फालिदिने गर्दा बाहिर निस्केर हिँड्न नै गाह्रो भएको छ ।
प्रहरीले निगरानी राखेको छ तर पनि पटका पड्काउनेको जमात बढ्दो देखिन्छ। जेन- जी आन्दोलनपछी होला सायद देशमा यतिबेला जताततै पटका आतंक मचिएको आम नागरिकले महसुस गरेका छन् ।
त्यसैगरी पोखरा ११ रानीपौवा बस्ने बसुन्धरी काफ्ले भन्छिन् यसपटकको तिहारमा पटकाको आवाजले धेरै नै असर गरेको छ। पटकाको आवाजले जो कोहीलाई असर गरेको हुन्छ । पटाका पड्काउनाले कहिलेकाहीँ जिउ धनको क्षति हुने गरेको पनि हामीले थाहा पाएका छौं । स्वास्थ्यको दृष्टिकोणले पनि पटका पड्काउनु राम्रो होइन त्यसैले चाडपर्वहरू मनाउँदा आफ्नो स्वास्थ्यको ख्याल गर्दै मनाएमा आफू र सिङ्गो समाज र देशका लागि पनि हित हुने काफ्ले बताउँछिन् ।