कास्कीमा अवैध पटकामाथि प्रहरीको कडाइ, दर्जनौँ प्रकारका पटका नष्ट
  • प्रमुख खबर

कार्तिक ५, पोखरा ।।
जिल्ला प्रहरी कार्यालय कास्कीले अवैध रूपमा पड्काइँदै आएका विभिन्न प्रकारका पटका नष्ट गरेको छ।

कास्कीका विभिन्न स्थानमा पटका पड्काउँदै ध्वनी प्रदुषण गरेको भन्ने जनगुनासो बढेसँगै कार्यालयले प्रहरी टोली नै खटाएर खोजी कार्य गरेको थियो।

खोजी कार्यमा खटिएका टोलीले संकलन गरेको पट्कालाई खाल्डो खनी पानी हालेर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रहरीका अनुसार नष्ट गरिएका पटकामध्ये खुर्सानी पटका १५ प्याकेट, आलु पटका २५ वटा, स्काई सर्ट पटका १ पिस, हेलन सट्स १ प्याकेट, १२ स्टार पटका २ प्याकेट, रकेट पटका २० पिस र मिनी बुलेट पटका ६० पिस रहेका छन्।

तिहारमा पटका पड्काउँदा हुन सक्ने आगलागी, चोटपटक र जनधनको क्षति रोक्नका लागि कास्की प्रहरीले कडाइका साथ निगरानी गरेको जनाएको छ।

त्यस्तै यस प्रकारका गतिविधिमा संलग्न जो–कोहीलाई कानूनी कारबाही गरिने चेतावनी पनि दिएको छ।

कास्कीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरीबहादुर बस्नेतका अनुसार प्रहरीले जनसुरक्षा र शान्ति सुव्यवस्था कायम गर्न अभियानका रूपमा यस्ता वस्तु नियन्त्रण गर्दै आएको पनि जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्