कार्तिक ५, काठमाडौं ।।
बङ्गलादेशमा बुधबार(आज)देखि सुरु भएको काभा कप पुरुष भलिबल प्रतियोगितामा नेपालले निराशाजनक सुरुवात गरेको छ।
ढाकास्थित इन्डोर हलमा आज बिहान भएको पहिलो खेलमा नेपाल तुर्कमेनिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको हो ।
नेपालले क्रमशः २५–२२, २५–१८ र २७–२५ को सेटमा हार बेहोरेको हो।
अन्तर्राष्ट्रिय स्तरमा कम अनुभव भएका र नयाँ खेलाडीलाई समावेश गरिएको कारण टिममा समन्वय र अनुभवको कमी देखिँदा नेपालले पराजय बेहोर्नु परेको हो ।
अब नेपालले भोलि बिहीबार आफ्नो दोस्रो खेलमा घरेलु टोली बङ्गलादेशसँग भिड्नेछ। खेलबाट टिमले पहिलो खेलको कमजोरी सुधार्दै उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा राखिएको छ।