कार्तिक ६, काठमाडौं ।।
तिहारको मुख्य दिन बिहीबार(आज)भाइटीका, देशभर मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तर महाशाखाका अनुसार केही पहाडी तथा हिमाली क्षेत्र भने आंशिक बदली रहने छ।
आज अधिकांश भू–भागमा मौसम सामान्यतया खुला रहँदा चाडपर्वको माहोल उज्यालो बनेको छ। महाशाखाले दिएको जानकारी अनुसार कोशी र मधेश प्रदेशसहित देशका अधिकांश भू–भागमा आंशिक बदली रहनेछ।
यद्यपि, देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहे पनि पश्चिमी वायुको सामान्य प्रभावले केही स्थानमा हल्का परिवर्तन ल्याएको बताइएको छ।
त्यस्तै आज दिउँसोदेखि पहाडी एक–दुई स्थानमा हल्का वर्षा, र उच्च हिमाली क्षेत्रका केही ठाउँमा हल्का हिमपातको सम्भावना छ। राति भने देशभर सामान्य अवस्था नै रहने पूर्वानुमान गरिएको छ ।
यस्तै सबै प्रदेशका पहाडी भागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।