दोलखामा हिमपहिरो, तीनको मृत्यु, आठ जना बेपत्ता
  • प्रमुख खबर

कार्तिक १७, काभ्रेपलाञ्चोक ।।

दोलखाको रोल्वालिङ उपत्यकास्थित यलुङ रि हिमालमा गएको हिमपहिरोमा परेर तीन जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख डीएसपी ज्ञानकुमार महतोका अनुसार चार जना घाइते भएका छन् भने आठ जना बेपत्ता छन्।

नेपाली गाइडसहित सोमबार बिहान यलुङ रि हिमाल आरोहणका लागि १५ जनाको टोली नाँ गाउँबाट प्रस्थान गरेको थियो।

घटनास्थल दुर्गम क्षेत्रमा रहेकाले उद्धार कार्यमा कठिनाइ भइरहेको बताइएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।


तपाईको प्रतिक्रिया दिनुहोस्