राष्ट्र बैंकको नयाँ दर सार्वजनिक: डलर, युरो र पाउन्ड सबै वृद्धि
  • प्रमुख खबर

Oplus_131072

कार्तिक १८, काठमाडौं ।।
नेपाल राष्ट्र बैंकले मंगलबार(आज)का लागि नयाँ विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।

बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १ सय ४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर १ सय ४२ रुपैयाँ ३५ पैसा तोकिएको छ।

यस्तै अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ८४ पैसा र बिक्रीदर ९३ रुपैयाँ २३ पैसा निर्धारण गरिएको छ भने क्यानेडियन डलर एकको खरिददर एक सय रुपैयाँ ९४ पैसा र बिक्रीदर १ सय १ रुपैयाँ ३६ पैसा कायम गरिएको छ।

यता युरोपियन युरो एकको खरिददर १ सय ६३ रुपैयाँ २५ पैसा र बिक्रीदर १ सय ६३ रुपैयाँ ९४ पैसा तोकिएको छ।

त्यस्तै युके पाउन्ड स्टर्लिङ एकको खरिददर १ सय ८६ रुपैयाँ १९ पैसा र बिक्रीदर १ सय ८६ रुपैयाँ ९८ पैसा निर्धारण गरिएको छ।

राष्ट्र बैंकले तोकेको यो दर आवश्यकता अनुसार जुनसुकै बेला परिमार्जन गर्न सकिने जनाएको छ।

यसको साथै राष्ट्र बैंकले वाणिज्य बैंकहरूले तोक्ने विनिमय दरमा केही अन्तर हुन सक्ने र अद्यावधिक दर बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध हुने जानकारी दिइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्