सहकार्य र संवादले मात्र लोकतन्त्र जीवित रहन्छ: राष्ट्रपति पौडेल
  • प्रमुख खबर

Oplus_131072

कार्तिक २१, काठमाडौं ।।
राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रको आधार संवाद र सहकार्यमा टेकेको बताउँदै राजनीतिक दलहरूबीचको आपसी द्वन्द्वले होइन, संवादले लोकतन्त्रलाई बलियो बनाउने बताएका छन्।

शुक्रबार(आज)शीतल निवासमा प्रतिनिधिसभा र राष्ट्रियसभाका सभामुख, उपसभामुख तथा प्रदेशसभाका सभामुख, उपसभामुखसँगको भेटमा राष्ट्रपतिले नागरिकको आवाज सुन्ने र लोकतान्त्रिक आचरणलाई जीवनशैलीको हिस्सा बनाउनुपर्ने आवश्यकता औंल्याए।

उनले युवा पुस्तामा सुशासन र विकासप्रतिको बढ्दो आकांक्षालाई सम्बोधन गर्न सके संविधानको संरक्षण र लोकतन्त्रको उन्नति सम्भव हुने विश्वास व्यक्त गरे।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्नु सबै राजनीतिक शक्ति र संस्थाहरूको साझा जिम्मेवारी भएको उनको भनाइ छ।

त्यस्तै उनले संसदीय प्रणालीको मजबुती कुनै एक दल, सरकार वा नेतृत्वको मात्र उत्तरदायित्व नभई सम्पूर्ण राष्ट्रको सामूहिक जिम्मेवारी भएको समेत बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्