राष्ट्रपति पौडेलका सल्लाहकार सुनिल थापाको राजीनामा : राजनीतिमा पुनरागमनको संकेत
  • प्रमुख खबर

Oplus_131072

पौष १, काठमाडौं ।।
राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार सुनिल थापाले पदबाट राजीनामा दिएका छन्।

उनले सक्रिय राजनीतिमा पुनः क्रियाशील हुने निर्णय गरेसँगै मंगलबार(आज) पदबाट राजीनामा दिएका हुन्।

थापाले आफूले बुझाएको राजीनामा स्वीकृत भइसकेको जानकारी दिँदै अब प्रत्यक्ष राजनीतिक भूमिकामा फर्किने स्पष्ट संकेत गरेका छन्।

उनले भने,“म सक्रिय राजनीतिमा पुनः लाग्ने निर्णयमा पुगेँ, त्यसैले नै सल्लाहकार पदबाट राजीनामा दिएको हुँ ।”

२०७९ साल चैत १६ गते राष्ट्रपति पौडेलको राजनीतिक सल्लाहकारमा नियुक्त भएका थापा त्यसबेला नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति सदस्य थिए।

राष्ट्रपति कार्यालयमा रहँदा उनले राजनीतिक समन्वय, परामर्श र रणनीतिक विषयमा भूमिका निर्वाह गरेका थिए। उनको राजीनामालाई कांग्रेसभित्र पुनः सक्रिय भूमिकामा फर्कने तयारीका रूपमा हेरिएको छ।

आगामी राजनीतिक गतिविधि र पार्टीभित्रको जिम्मेवारीका सन्दर्भमा थापाको कदमलाई चासोका साथ हेरिएको छ।

राजनीतिक वृत्तमा भने थापाको पुनरागमनले कांग्रेसको आन्तरिक गतिशीलतामा नयाँ तरंग ल्याउने आकलन गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्