क्षत्री समाज नेपाल महिला कार्यसमिती पाेखरा १६ ले देउसी भैलो कार्यक्रम गर्ने
  • प्रमुख खबर

पोखरा ।।

क्षत्री समाज नेपाल महिला कार्यसमिती पाेखरा १६ ले नेपालीहरूको दोस्रो ठूलो पर्व शुभ दिपावली २०८० काे पावन अवसरमा देउसी भैलो कार्यक्रम संचालन गर्ने भएको छ ।

संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले परम्परालाई जोगाउन पोखरा महानगरपालिका १६ का बिभिन्न चाेक चाेकमा देउसी भैलाे खेल्ने कार्यक्रम रहेकाे हुदा सम्पूर्ण आमाबुबा  दाजुभाई तथा दिदीबहिनीहरू सहभागी भईदिनुहुन क्षत्री समाज नेपाल महिला कार्यसमिति पाेखरा १६ अध्यक्ष मन्जुश्री थापा बस्नेतले आवहान गर्नु भएको छ ।

कार्यक्रम कार्तिक २५ र २६ गते काग तिहार र कुकुर तिहारका दिन बिहान १०:३० बजेबाट बेलुकी ६ बजेसम्म हुने छ भने कार्यक्रम हुने स्थानहरू पाेखरा १६ काे गैह्राबारि चाेक, पानिट्याङ्किबाट शुरु भई लामाचाैर चाेक, बाँनियाथर चाेक, लामाचाैर तर्फकाे मध्यमपथ चाेक, घाटिपाटन चाेक, अम्मरदिप बहुउद्देश्यीय भवन चाेक, अम्मरे चाेक, डाडाँथाेक चाेक, डाडाँथाेक गैह्रावारी चाेक, चण्डिकाटाेल चाेक, मध्यमपथ चाेक, मैदान चाेक, अम्बिकाटाेल चाेक, राजपधेरा चाेक, कुर जाने पुल चाेक, संगम चाेक, चमेरीगुफा चाेक, महेन्द्रगुफा चाेक, घार्मिखाेला चाेक, जाेगिमणी चाेक, जुम्लेटि शान्ति मा. बि चाेकमा कार्यक्रम समापन हुने क्षत्री समाज नेपाल महिला कार्यसमिती पाेखरा १६ का सचिव शिवशोभा खड्का बस्नेतले बताउनु भयो ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्