धादिङ ।।
धादिङमा गुडिरहेको माइक्रो बसमाथि रुख खसेकाे छ ।उक्त गुडिरेकाे माइक्रो बसमाथि रुख खस्दा ९ जना यात्रु घाइते भएका छन् ।
प्रहरीका अनुसार घाइतेमध्ये १ जनालाई उपचारका लागि काठमाडौँ रिफर गरिएको छ भने बाँकी ८ जनाको धादिङ स्थित गजुरीमा रहेकाे अस्पतालमा उपचार भइरहेको छ ।
साे माइक्रो बस धादिङबेंसीबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ईभी माइक्रो बस गजुरी–५ जरेखोला नजिक सुख्खा पहिरोमा परेको थियो । पहिरोसँगै रुख ढलेर माइक्रो बसमाथि खसेकाे थियो ।













