पोखरा ।।
साहित्यको उर्वर भुमि पोखरा १६ बाटुलेचौरमा अबस्थित शुक्ला साहित्य प्रतिस्ठानले आयोजना गरेको २५ औ संस्करण कृष्ण भजन प्रतियोगितामा ॐ कार भजन समुह पोखरा ११ फुलबारी प्रथम भई नगद रू १ लाख र प्रमाणपत्र प्राप्त गरेको छ त्यसै गरि दितिय स्थान देबिस्थान भजन समूह पोखरा २५ हेमजाले नगद रू ७५ हजार र प्रमाणपत्र प्राप्त गर्न सफल भयो । तेस्रो स्थान बडहरबोट भजन समुहले प्राप्त गर्दै नगद रू ५० हजार र प्रमाणपत्र हात पार्यो । त्यसै गरी मुक्तेस्वर खैजेडी लोक भजन समूह टोखा काठमाडौं र बिन्ध्यबासिनी मा.बि पोखरा १६ ले सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भई नगद रू क्रमश २५/२५ हजार सहित प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगितामा १७ भजन समुहले प्रतिस्पर्धामा सहभागिता जनाएका थिए । सहभागी समुहलाई प्रतिष्ठानले नगद रू ५ हजार र प्रमाणपत्र प्रदान गरेको शुक्ला साहित्य प्रतिष्ठानका सचिव दिपेन्द्र बाँनियाले प्रमुख खबरलाई जानकारी दिए ।
कार्यक्रमको उद्धघाटन गण्डकी प्रदेशका प्रदेश प्रमूख डिल्लराज भट्टले गरेका थिए । प्रतियोगिताको निर्णायकमा सृजना थापाको संयोजकमा प्रा .डा कुश्माकर न्यौउपाने , नवराज बराल , शिव प्रसाद पराजुली र अम्बिका मोहन भट्टराई रहेका थिए । कार्यक्रमको मुल आयोजक समारोहका संयोजक प्रतिस्ठानका बरिस्ठ उपाध्यक्ष दुर्गा बस्नेतको अध्यक्षतामा भएको थियो । भने कार्यक्रमको संचालन कलाकार प्रजापति पराजुली र प्रतिष्ठानको तर्फबाट सचिब दिपेन्द्र बाँनिया र सदस्य सुनिता देबकोटाले गरेकी थिइन ।












