पोखरा ।।
पोखरा जेसीजले वर्ष २०२५ को प्रथम शुक्रबारसरीय प्रवचनमाला कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि पोखरा जेसीज वर्ष २०१५ का अध्यक्ष, जेसीआई सिनेटर छविलाल सुवेदी रहेका थिए । भने कार्यक्रममा अतिथि पोखरा जेसीज वर्ष २०२० का अध्यक्ष तथा मादी गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष जेसीआई सिनेटर शिव सापकोटा र जेसीआई सिनेटर छविलाल सुवेदी रहेका थिए । कार्यक्रमा बोल्दै सापकोटाले समाजमा कुशल नेतृत्व स्थापित गर्नका लागि पोखरा जेसीजले ठूलो योगदान गर्दै आएको र यसलाई निरन्तरता दिनुपर्ने भनी आफ्ना भनाइहरु राखे ।
सन् १९७५ मा स्थापना भई युवाको व्यक्तित्व र नेतृत्व विकासका क्षेत्रमा निरन्तर कार्य गर्दै समाजलाई कुशल नेतृत्व प्रदान गर्दै आइरहेको पोखरा जेसीजले आफ्ना सदस्यहरुको वाककलामा निखारता ल्याउनका लागि सन् १९८४ देखि शुक्रबारसरीय प्रवचनमाला कार्यक्रम गर्दै आएको छ । हरेक वर्ष अध्यक्षीय प्रकरणमा रहेर संचालन गरिने शुक्रवाररीय प्रवचनमाला कार्यक्रम यस वर्षका अध्यक्षज्यूको प्रकण “नेतृत्व र प्रेरणाका लागि युवा सशक्तिकरण” (Empowering youth to lead and inspire) मा पोखरा जेसीज वर्ष २०२५ का उपाध्यक्ष जेसी सुशिल पौडेल, निर्देशक जेसी सन्दिप श्रीस, स्थानिय व्यवसाय सञ्जाल सभापति जेसी सुदिप सापकोटा, सदस्यहरु जेसी तिलक बराल मगर र जेसी विवेक सापकोटाले वक्ताको रुपमा आफ्नो वाककला प्रस्तुत गरेका थिए भने उपस्थित अन्य सदस्यहरुले वक्ताहरुको वाककलालाई अझ बढी प्रभावकारी बनाउनका लागि सल्लाह र सुझाव प्रदान गरेका थिए ।
रोटरी क्लब पोखरा न्युरोडका निवर्तमान अध्यक्ष श्री राम विक्रम अधिकारीको विशेष उपस्थिति रहेको उक्त कार्यक्रममा जेसीज आस्थापाठ सचिव जेसी संजय पौडेलले राखेका थिए । त्यसै गरी स्वागत मन्तव्य व्यक्तिगत वृद्वि अवसर क्षेत्रका उपाध्यक्ष जेसी सुजन पोख्रेलले राखेका थिए । वर्ष २०२५ का अध्यक्ष जेसी भाईराज रानामगरको अध्यक्षतामा भएको कार्यक्रमको संचालन शुक्रबारसरीय प्रवचनमाला कार्यक्रम संयोजक जेसी मिना कुमारी थापामगरले गरेकी थिन् ।
#Jci_Pokhara












