डोटी र बझाङमा चट्याङ लागेर दुईजनाको मृत्यु
  • प्रमुख खबर

पोखरा ।

डोटी र बझाङमा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ । सात जना घाइते भएका छन् ।

डोटीको सायल गाउँपालिका ६ दल्लेखमा बुधबार राति चट्याङ पर्दा ३३ वर्षीया कमला नागरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा कमलाका ४ सन्तान घाइते छन् । १० वर्षीया छोरी तारा, ८ वर्षीय छोरा अविशेक, ६ वर्षीय छोरा अबि र ३ महिनाका छोरा शंकर घाइते भएका हुन् ।

यस्तै, स्थानीय ४० वर्षीया तारा नागरी, ८० वर्षीया काली दमाई र ६ वर्षीय बालक खुसी नागरी पनि घाइते भएका छन् ।

घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

यसैगरी, बुधबार साँझ बझाङ जिल्लाको वित्थडचिर गाउँपालिका–३ मा पानीसँगैको चट्याङ लागेर ७८ वर्षीय धौले बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्