गण्डकी कोटिहोम महायज्ञ प्रचारका लागि साइकल र्याली सम्पन्न
  • प्रमुख खबर

पोखरा ।।

श्री गण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञको प्रचार–प्रसार तथा धार्मिक र सामाजिक सद्भावको सन्देश प्रवाह गर्न आज साइकल र्याली भव्य रूपमा सम्पन्न भएको छ।

पोखरा-१७, बिरौटास्थित कोटिहोम स्थलबाट बिहान ७ बजे सुरु भएको र्यालीले ड्यामसाइड, लेकसाइड, हल्लनचोक, जिरोकिलोमिटर, मालेपाटन, बाग्लुङ बसपार्क, बिन्ध्यवासिनी मन्दिर, भैरवटोल, नालामुख, तेश्रोपट्टी, महेन्द्रपुल, चिप्लेढुङ्गा, न्यूरोड, सभागृहचोक, पृथ्वीचोक, नागढुङ्गा, पुरानो एयरपोर्ट र पार्दी हुँदै पुनः बिरौटा कोटिहोम स्थलमा पुगेर समापन भएको थियो।

उक्त साइक्लिङ र्यालीमा सयौं स्थानीयवासी र युवाहरुकाे उत्साहजनक सहभागिता रहेको काेटिहाेमका आयाेजक संस्था मानव सेवा फाउन्डेसनले जनाएको छ।

महायज्ञका संकल्पकर्ता विजय कृष्ण मूर्ति महाराजले र्यालीले स्वास्थ्य, वातावरण संरक्षण र पर्यटन प्रवर्द्धनको सन्देश प्रवाह गरेको बताएका छन् ।

त्यस्तै साे र्यालीले इन्धनको बचत, मानव स्वास्थ्यको प्रवर्द्धन र पोखरा भ्रमण वर्ष २०२५ को विकासमा योगदान पुर्‍याउने अाफुहरुकाे लक्ष्यलाई सार्थक बनाएको पनि बताए ।

यस्तै फाउण्डेशनका अनुसार यस कोटिहोम महायज्ञको प्रचारका लागि थप कार्यक्रमहरू पनि सञ्चालन भइरहेका जनाएको छ ।

जसअन्तर्गत बैशाख १२ गते मोटरसाइकल र्याली, बैशाख १३ गते ट्याक्सी र्याली, बैशाख १४ गते फेवातालमा डुङ्गा र्याली र बैशाख १६ गते बृहत् कशेली यात्रा आयोजना हुने कार्यक्रम रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्