पाेखरा ।।
नेपाली कांग्रेसबाट निर्वाचित सांसद माया राई पक्राउ परेकी छन् । भोजपुर स्थायी घर भएकी उनी समानुपातिक सांसद हुन् ।
उनी स्वर्णलक्ष्मी सहकारीको रकम ठगी मुद्दामा फरार सूचीमा रहेकी थिइन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले राईलाई शनिबार राति कपनस्थित उनकै निवासबाटै पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई काठमाडौं प्रहरी परिसरमा बुझाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।









