पोखरा/ पाकिस्तानका उपप्रधान तथा विदेशमन्त्री इसहाक डारले पाकिस्तान र भारतबीच तत्काल लागू हुने गरी युद्धविराममा सहमति भएको घोषणा गरेका छन्। शनिबार (मे १०) सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जानकारी दिँदै डारले दुबै मुलुकले शान्ति र सुरक्षाका लागि पहल अघि बढाएको जनाएका हुन्।
उनले भनेका छन्, “पाकिस्तानले सधैं आफ्नो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षा गर्दै आएको छ। हामी स्थायी शान्तिको पक्षमा छौं र यही सोचका साथ युद्धविराममा सहमति भएको हो।”
यसअघि, अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले पनि भारत र पाकिस्तानबीच युद्धविराममा सहमति भएको जानकारी दिएका थिए। यस सहमतिले लामो समयदेखि द्वन्द्वग्रस्त रहेका दुई छिमेकी मुलुकबीच संवाद र मेलमिलापको ढोका खोल्ने अपेक्षा गरिएको छ।









