डीएसपीको गाडीले सांसद चढेको गाडीलाई दियो ठक्कर
  • प्रमुख खबर

कोशी प्रदेशका चार जना सांसद सवार गाडी दुर्घटनामा परेका छन्  । आज दिउँसो २ बजे पूर्वपश्चिम राजमार्गको मोरङको कानेपोखरी गाउँपालिका– ७ खण्डमा बेलबारीबाट झापातर्फ जाँदै गरेको बा५च ३५३० नम्बरको कार विपरीत दिशाबाट आउँदै गरेको बीएई १४०६ नम्बरको कारसँग ठोक्किएर दुर्घटना भएको हो ।

उक्त गाडीमा कोशी प्रदेशसभा सदस्यहरु राधाकृष्ण खनाल, मैया श्रेष्ठ लावती, विद्या चाम्लिङ, नम्बरलाल धिमाल र चालक भेशराज श्रेष्ठ थिए । उनीहरु कोशी प्रदेशसभा बैठकमा सहभागी हुन विराटनगर आउँदै थिए ।

विपरित दिशाबाट आएको बा ५ च ३५३० नम्बरको कारमा भने जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत डीएसपी खगेन्द्र खड्का सवार थिए । गाडी डीएसपी खड्काले नै चलाएको बताइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्