पोखरा ।।
बगाले थापा क्षेत्री कुल देवता पुजाको तयारी पुरा भएको छ । प्रत्येक पाँच – पाँच वर्षमा हुँदै आएको पुजा यहि मिति २०८२/०२/२८ गते याम्दी, हेम्जामा हुने भएको छ । हिन्दु संस्कार अनुसार पुजा कार्यबिधीको पालाना गर्दै सब्य र भब्य कुल पुजा हुने बगाले थापा क्षेत्री कुल पुजा सेवा कार्यसमितिका अध्यक्ष नरेशराज थापाले जानकारी दिए । थापाले कास्की जिल्लामा बगाले थापाको कुल मन्दिर ७ ठाउँमा भएकोमा सबै भन्दा पहिलाको कुल मन्दिर याम्दीमा रहेको र पछि सबैले विभिन्न ठाउँमा बनाएको बताए । हाल याम्दीको कुल मन्दिरमा ३५० घर धुरीले कुल पुजा गर्ने छन् भने यसपाली आफ्नो मन खुसीले कसैले नरिवल र कसैले बली पुजा गर्ने बताए ।
कुल पुजा सम्पन्न गर्नको लागि विभिन्न उप- समिति गठन गरिएको र आ-आफ्नो कार्यको लागी संयोजकहरूलाई जिम्मा लगाईएको बगाले थापा क्षेत्री कुल पुजा सेवा कार्यसमितिका उपाध्यक्ष थिर बहादुर थापाले जानकारी दिए ।
त्यस्तै कुल पुजा भव्य सम्पन्न गरिने छ । कुल पुजाको दुई दिन अगाडि सोमबार देखि मुल घरमा धामी र ब्राह्मण राखी कुल पुजा विधि अनुसार गरिने र नयाँ उत्पन्न हुने धामीलाई साझँ पख नाचाईने बगाले थापा क्षेत्री कुल पुजा सेवा कार्यसमितिका सचिव धिरज थापाले जानकारी दिए ।
साथै कुल पुजाको दिन बाजागाजा, भजन गाउँदै सम्पूर्ण थापा बन्धुवान्धबका पुजाका सामग्री सहीत महिला दिदीबहिनीहरू क्षेत्रीको पोसाकमा र पुरूष दाजुभाइहरू सेतो दउरामा उपस्थित हुन प्रचारप्रसार संयोजक संजय थापाले आग्रह गरे । कुल पुजाको लागी सबै ठाउँमा सुचना प्रवहा गरेको उनले बताए ।












