पोखरा ।।
पाेखरा १९ तल्लाकाेटमा रहेकाे विन्धेश्वरी युवा कल्बकाे आयाेजना र पाेखरा महानगर न्यायिक समितिकाे आर्थिक सहयाेगमा “वालबालिकासंग न्यायिक समिति” शीर्षकमा एक दिने कार्यशाला सम्पन्न भएकाे छ । क्लबका पूर्व अध्यक्ष तथा पाेखरा १९ का वडा सदस्य विकास कुमार आचार्यकाे प्रमुख आतिथ्यतामा साेमबार विन्धेश्वरी मा वि तल्लाकाेटमा आयाेजित साे कार्यशालामा विध्यालयका बालबालिकासंगै शिक्षक शिक्षिका तथा स्थानीय अभिभावकहरुकाे उल्लेख्य उपस्थिति रहेकाे थियाे । कार्यक्रममा बाेल्दै प्रमुख अतिथि आचार्यले न्यायिक समितिकाे काम कर्तव्य र सहज सेवा आम जनमानसले थाह पाउनु पर्ने र विशेष गरेर बिध्यार्थी भाई बहिनिहरु यस सम्वन्धमा सुसूचित रहनसके सिङ्गाे समाजले न्यायिक प्रकृयाका विषयमा जान्न र बुझ्न सक्ने कुरामा जाेड दिए ।
कार्यशालामा न्यायिक समिति सदस्य द्वाेय कालिदास पाेख्रेल, रजनी परियार र पाेखरा महानगर प्रशासन शाखाका सह अधिकृत पवन सुवेदीले न्यायिक समिति गठन प्रकृया, कार्यक्षेत्र र जनसाधरणकाे सहज पहुच सम्बन्धमा प्रशिक्षण दिए ।
कार्यक्रममा बाेल्दै पाेखरा १९ का वडासदस्य दुर्गा देवी बस्नेत तथा विन्धेश्वरी मा. वि. का प्र.अ. श्रीराम आचार्यले विन्धेश्वरी युवा कल्बले सामाजिक रुपान्तरणका पक्षमा गर्दै आएका विभिन्न कार्यकाे प्रशंसा गरे ।
क्लबका अध्यक्ष थमकुमार के.सी.काे अध्यक्षतामा भएकाे साे कार्यक्रममा क्लबका पूर्व अध्यक्ष मिनराज ढुङ्गानाले स्वागत मन्तव्य राख्नु भएकाे थियाे भने कार्यक्रमकाे संचालन क्लबा महासचिव दिपेन्द्र ढुङ्गानाले गरेका थिए ।












