पोखरा ।।
लायन्स क्लब अफ पोखरा बिन्दबासिनीले पोखरा महनगरपालीका वडा नं २५ हेम्जामा बृक्षारोपण गरी हरीयाली कायम गर्ने कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि पोखरा नहानगरका प्रवक्ता एवं पोखारा २५ का वडाअध्यक्ष तथा डिस्ट्रिक्ट ३२५ जे नेपालका सिनियर लायन्स लिडर लायन मोती राज तिमिल्सिना रहेका थिए ।
कार्यक्रममा कार्यक्रम क्लबका संरक्षक तथा डिस्ट्रिक्ट ३२५ एलका जोईन्ट चिफ एडभाईजर लायन थिर बहादुर थापा संस्थापक अध्यक्ष तथा रिजन चेयर प्रसन महेन्द्र पौडेल संयुक्त रुपमा वृक्षरोपण गरेर कार्यक्रम को शुभारम्भ गरेका थिए । कार्यक्रममा क्याविनेटमा रहेका अफिसरहरू डिस्ट्रिक्ट चेयर प्रसन तथा निवर्तमान अध्यक्ष लायन राम सुवेदी उपाध्क्ष लायन अतित पोखरेल र लायन हरी थापा तथा कार्यक्रम संयोजक लायन सुवास वावु अधिकारी र बगाले थापा सेवा समितिका अध्यक्ष नरेश राज थापा लगायत क्लवका ३० भन्दा बढी लायन्स सेवकहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा वेल गुलमोहोर पारीजात लगाएत ३० विभिन्न बिरुवाहरु रोपिएको थियो । बगाले थापाहरुको कुल मन्दिर याम्दिको परिसरमा गरिएको वृक्षारोपणा कार्यक्रममा अग्रजहरूको सल्लाह र सुझावलाई मार्ग दर्शनको रूपमा लिदै क्लवहरू तथा क्याविनेट अफिसर र सम्पुर्ण लायनसाथीहरू को वीचमा ऐक्यवद्धता (Solidarity for Success)को नारा लाई सार्थक वनाउन रोपिएका बृक्षहरुको संरक्षणमा ध्यानदिनुपर्नेमा बक्ताहरुले प्रकाश पारे ।

सोही कार्यक्रम लायन्स क्लब अफ पोखरा बिन्दबासिनीको लायन बर्ष २०२५ -२६ का अध्यक्ष लायन शिद्धार्थ शर्माको अध्यक्षतामा भएको थियो ।












