श्रावण ०८, पोखरा ।।
वडा प्रहरी कार्यालय बैदाम, पोखराका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज भट्टराईले ध्वनी प्रदुषण गर्ने सवारी साधनलाई नियन्त्रण गर्ने बताएका छन् । साउन ५ गते वडा प्रहरी कार्यालय बैदामामा प्रमुखको रुपमा आएका भट्टराईले स्वरुप परिवर्तन गरेका र ध्वनी प्रदुषण गर्ने मोटरसाइकललाई तत्काल कारवाही गर्न प्रहरी परिचालन गरिसकेको बताए ।
सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामले आयोजना गरेको स्वागत कार्यक्रममा भट्टराईले शान्ती सुरक्षा सबैको सरोकारको विषय रहेको बताए ।भट्टराईले पर्यटकीय क्षेत्र लेकसाइडमा मोटरसाइकलले ध्वनी प्रदुषण गरेको गुनासो सुने पछि आफुले ध्वनी प्रदुषण गर्ने मोटरसाइकल नियन्त्रणका लागि प्रहरी खटाइसकेको बताए ।
भट्टराईले पर्यटकीय नगरीलाई सभ्य र सुरक्षीत बनाउन सबैको साथ लिएर अगाडी बढ्ने बताए । प्रहरीले गर्नुपर्ने काम कर्तब्यमा रहेर शान्ति सुरक्षा कायम गर्न आफु लाग्ने उनले प्रतिवद्धता व्यक्त गरे ।
सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामका अध्यक्ष ठाकुर प्रसाद बरालले बैदाममा हुने गरेका अवान्छिक क्रियाकलापलाई रोक्न भट्टराईको ध्यानाकर्षण गराएका थिए । बरालले रात्रीकालिन व्यवसायका कारण होहल्ला हुने गरेका कारण स्थानीयहरु प्रभावित भएको बताए ।
उनले लेकसाइडको हल्लनचोक देखी बाराहीघाट सम्म पार्किङको समस्या रहेको, फेवाताल किनारको फुटट्रेल लागु पर्दाथ दुव्र्यसनीको अखडा बनेकाले यसलाई नियन्त्रण गर्नुपर्ने बताए । कार्यक्रममा सामुदायिक सेव केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामका संस्थापक अध्यक्ष मंगल नेपाली, पूर्वअध्यक्ष लक्ष्मीनारायण श्रेष्ठ, पूर्वअध्यक्ष मिना भट्टराई लगायतले दण्डहिनता मौलाउदा शान्तीसुरक्षा खलबलिने भएकाले प्रहरी सचेत हुनुपर्ने धारणा राखे ।
स्वागत कार्यक्रममा संस्थाका उपाध्यक्ष सोभियत परियार र महासचिव शान्ता तिमिल्सीना, समाजसेवी नविन बराल लगायतले लेकसाइड पर्यटकीय क्षेत्र भएकाले शान्ती सुरक्षामा ध्यान दिन आवश्यक रहेको बताए । उनीहरुले कास्कीका अन्य क्षेत्र भन्दा लेकसाइडलाई प्राथमिकतामा राखेर हेर्नुपर्ने धरणा राखे ।












