सुन्दर बातावरण निर्माणका लागी पोखरा १६ मा बृक्षारोपण
  • संजय थापा

श्रावण १०, पोखरा ।।

पोखरा महानगरपालिका वडा न १६ मा शनिबार बृक्षरोपण गरिएको छ । अमला बिसौनी पानी ट्याङ्कीबाट चमेरी गुफा, नर्सरी हुँदै महेन्द्र गुफा सम्मको पर्यटकिय क्षेत्रमा १०० थान गुलमोहरको बोट, १५ थान कल्कीको बोट सहित ५ थान चिउरी, ५ थान पारिजात, ५ थान अमला र ५ थान कपुरको बोट बृक्षारोपण गरिएको छ । बृक्षारोपण गरिएका बिरुवाहरू कास्की र पर्बतको बन नर्सरीबाट ब्यबस्था गरिएको हो ।

वृक्षारोपण कार्यक्रमको व्यवस्थापन  श्री विन्ध्यवासिनी माध्यमिक विद्यालय पोखरा-१६, बाटुलेचौर गरेको थियो भने सहयोगी संस्थाहरुमा डिभिजन वन कार्यालय, कास्की,वडा कार्यालय, पोखरा-१६, ढाडाकोपाखा सुन्दर वन बाटिका सामुदायिक समूह, पोखरा-१६, गुफा क्षेत्र संरक्षण तथा सामुदायिक विकास संस्था, पोखरा-१६,संरक्षण आमा समूह, पोखरा-१६,मैदान आमा समूह, पोखरा-१, प्रगतिशिल आमा समूह, पोखरा-१६,हिमालय क्लब, पोखरा-१६, वातावरण संरक्षण क्लब, पोखरा-१६,अमला विसौनी टोल विकास संस्था, पोखरा-१६,बगाले थापा कुल संरक्षण समिति, पोखरा-१६ र भु पु बिध्यार्थी मन्च रहेको बिन्ध्यबासिनी मा बि पोखरा १६ को ब्यबस्थापन समितिको अध्यक्ष सन्दिप थापाले प्रमुख खबरलाई जानकारी गराए ।

वृक्षरोपण कार्यक्रमा पोखरा महानगरपालिका वडा १६ का अध्यक्ष अमृत शर्मा तिमल्सिनाले सुन्दर बातावरण निर्माणका लागि मौसम अनुसारको वृक्ष रोपण गर्न जरुरी रहेको औल्याउँदै रोपिएको बिरुवाको संरक्षण र गोडमेलमा पनि ध्यान दिनुपर्ने बताएका थिए । भने बिन्ध्यबासिनी माबिले हरेक बर्ष बर्षमा वृक्षरोपण कार्यक्रमको आयोजना गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्