मौसम पूर्वामुमान: गण्डकीको केही ठाउँमा ठूलो वर्षा
  • प्रमुख खबर

श्रावण २५, पोखरा ।।
आज देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मधेश, बाग्मती, गण्डकीको केही ठाउँमा गएराति ठूलो पानी परेको छ । गएराति सिन्धुपाल्चोक, धनुषा र कास्कीमा सबैभन्दा धेरै वर्षा मापन भएको हो । धनुषाको तुलसी वर्षा मापन केन्द्रमा पछिल्लो ६ घण्टामा १०५.६ मिलिमिटर वर्षा मापन भएको छ ।

त्यस्तै सर्लाही, सिन्धुपाल्चोक, कास्कीमा पनि ठूलो पानी परेको छ । गएराति कोशी, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै ठाउँमा मध्यम वर्षा भएको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज कोशी प्रदेशको पहाडी भागका एक, दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ । आज देशभर मौसम बदली रहनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्