दीप युनाइटेडको रक्तदान कार्यक्रम सम्पन्न ५४ युनिट रगत संकलन
  • संजय थापा

भाद्र ०७, पोखरा ।।
‘सद्भाव र सहकार्यका लागि एकता’ भन्ने नाराका साथ दीप युनाइटेड क्लब पोखरा १६ ले आयोजना गरेको १३ औं रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना रहेको थिए । तिमिल्सिनाले हरेक युनिटबाट हरेक व्यक्तिको प्राण बच्न सक्ने बताउदै आगामी दिनमा समेत सामाजिक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा राखेका थिए ।

कार्यक्रमको शुभारम्भमा क्लवका अध्यक्ष बिष्णुदेवी गुरुङले पहिलो रक्तदाता राम बहादुर बाँनियालाई ब्लड ब्याग हस्तान्तरण गरेर उद्घाटन गरेकी थिन् । बानियाँको यो ५६ औं पटकको रक्तदान हो । रक्तदान कार्यक्रमा ५४ युनिट रगत सङ्कलन भएको क्लबका सह- सचिव किरण आचार्यले जानकारी दिए । भने कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम संयोजक सन्तोष दर्जीले राखेका थिए ।

कार्यक्रममा विभिन्न संघ- संस्थाका व्यक्तित्वहरूको उपस्थित रहेको थियो । क्लवका अध्यक्ष बिष्णु गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन क्लवका सचिव अनिल अधिकारीले गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्