भाद्र २३, पोखरा ।।
भ्रष्टाचार र राजनीतिक विशेषाधिकारको विरोधमा देशभरका जेनजी युवाहरुले प्रदर्शन गरिरहेका छन् ।
उनीहरूले सोमबार(आज) देशभरका मुख्य-मुख्य शहरहरूमा एकै साथ राष्ट्रियस्तरको प्रदर्शन गरेका हुन् ।
यही प्रदर्शनको क्रममा पोखरामा पनि उनीहरूले गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालय घेराउ गरेका छन् ।
प्रर्दशनकारीहरुले मुख्यमन्त्री कार्यालय घेराउ गरेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ।
प्रारम्भिक जानकारी अनुसार केही प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा हल्का केहीलाई चोटपटक समेत लागेको स्रोतले बताएको छ।
यस्तै जेन–जीको प्रदर्शन अनियन्त्रित बनेपछि कास्की प्रशासनले पोखरा महानगरपालिकामा कर्फ्यू आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरामा दिउँसो २ बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको हो ।









