पत्रकार पौडेललाई मातृशोक
  • प्रमुख खबर

भाद्र २९ पोखरा ।।

पोखराका पत्रकार शिशिर पौडेललाई मातृशोक परेको छ । उनकी ममतामयी माता सरस्वती पौडेलको ७३ वर्षको उमेरमा शुक्रबार दिउँसो १ बजे आफ्नै निवास पोखरा लामाचौरस्थित गैह्राबारीमा निधन भएको हो । उनलाई पछिल्लो चारपाँच महिनायता फोक्सोसम्बन्धी समस्या थियो ।

उनलाई पोखराका विभिन्न अस्पताल तथा भरतपुरमा समेत पुगेर उपचार गरिएकोमा पछिल्लो समय घरमै आराम गरिरहेकी थिइन् । पौडेल परिवारको स्थायी बसोबास पोखरा–१९, घार्मीको हो । स्व. सरस्वतीका २ छोराहरुमा शिशिर कान्छा हुन् । ठूला छोरा श्रीराम पौडेल र छोरी लक्ष्मी बराल छन् । साथै ५ जना नाति र १ नातिनी छन् । उनका पति गंगाराम पौडेलको २०६० सालमै स्वर्गारोहण भएको थियो ।

नेपाल पत्रकार महासंघ कास्कीका पूर्व कार्यसमिति सदस्यसमेत रहेका पत्रकार शिशिर पौडेल पछिल्लो समय सेतो पाना डट कममा आबद्द छन् । उनी विभिन्न सामाजिक संघसंस्थामा पनि क्रियाशील छन् । यसैबीच, पौडेल परिवारमा पर्न गएको शोकप्रति प्रेस चौतारी कास्की लगायत विभिन्न संघसंस्था एवं शुभचिन्तकले दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना तथा शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्