कास्की प्रशासनले दुई कार्यकक्षबाट सेवा दिन शुरू
  • प्रमुख खबर

भाद्र  ३०, पोखरा ।।

जिल्ला प्रशासन कार्यालय कास्कीले दुई वटा कार्यकक्षबाट सेवा दिन सुरु गरेको छ ।जेन जीको प्रदशनमा आगजनीका कारण कार्यालयको मुख्य भवन र सम्पूर्ण कागजात नष्ट भएपछि परिसर भित्रको दुई कोठे भवनलाई व्यवस्थापन गरेर कार्यालयले सोमबार देखि सेवा दिन सुरु गरेको हो ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माका अनुसार शान्ति सुरक्षा, मुद्दाको म्याद थप र दैनिक प्रशासनिक कार्यहरू सम्बन्धी सेवा सुचारु गरेको बताईन् ।

कार्यालयका अन्य कक्षहरू मर्मत सम्भार गर्ने क्रममा भएकाले क्रमिक रूपमा सेवा विस्तार गर्दै लगिने शर्माको भनाई छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्