असोज ६, चितवन ।।
मुग्लिन–नारायणगढ सडक खण्ड सोमबार(आज) दिउँसो दुई घण्टाका लागि बन्द हुने भएको छ।
मुग्लिन नजिकै तुइनखोला पुल आसपास खसेको पहिरोलाई पूर्णरूपमा हटाउन लागेकाले आज दिउँसो १ बजेदेखि ३ बजेसम्म यातायात आवागमन रोकिने सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।
गत शुक्रबार खसेको ठूलो पहिरोका कारण अवरुद्ध उक्त सडक खण्ड हिजो दिउँसो अबेर मात्र एकतर्फी रूपमा सञ्चालनमा आएको थियो। तर, अझै बाँकी भागमा जोखिम कायमै रहेकाले पुनः सफाइ तथा जोखिम न्यूनीकरण कार्य जारी रहेको कार्यालयले स्पष्ट पारेको छ।
विषेशगरी कार्यालयले यस्तो बेलामा सुरक्षित यात्राका लागि सडक बन्द भएको र सञ्चालनमा रहेको बेलामा पनि लेन अनुशासनमा रहेर सवारीसाधन चलाउन चालकहरुसँग अनुरोध गरेको छ ।












