कास्कीमा “चाडपर्व विशेष सुरक्षा योजना २०८२” लागू, चोरीदेखि दुर्घटना नियन्त्रणसम्म प्रहरी सक्रिय
  • प्रमुख खबर

असोज १०, पोखरा ।।
कास्की प्रहरीले चाडपर्वलाई सुरक्षित, शान्त र व्यवस्थित बनाउन “चाडपर्व विशेष सुरक्षा योजना–२०८२” लागू गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीले शुक्रबार (आज) विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएको हो।

विषेशगरी चाडपर्वको समयमा हुनसक्ने चोरी, डकैती, लुटपाट तथा उछृङखल गतिविधी नियन्त्रण गर्न, मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, चर्को आवाजमा मोटरसाईकल चलाई अशान्ती फैलाउने, जुवा, तास खेल्ने खेलाउने जस्ता गतिविधी नियन्त्रण गर्न यस सुरक्षा योजना लागू गरिएको पनि जारी विज्ञप्ती मार्फत जानकारी दिइएको छ।

जिल्ला प्रहरी कास्कीका प्रमुख प्रहरी उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार यस कार्यालय तथा मातहत समेतबाट सवारी साधन चेकजाँच गर्ने, यात्रुहरुलाई सहायता गर्ने, बढी भाडा असुल गर्ने सवारी साधनलाई कारवाही गर्ने, सिट क्षमता भन्दा बढी यात्रु चढाउनेलाई कारवाही तथा सहजिकरण गर्ने जानकारी दिएका छन्।

उनले यस चाडपर्वलाई लक्षित गर्दै ल्याइएको विभिन्न सुरक्षा योजना अन्तर्गत सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्धेश्यले दैनिक रुपमा डग सहितको चेकिङ, पैदल गस्ति, ग्रामिण गस्ति, पट्रोलिङ, एम्बुसिङ चेकप्वाईन्ट, बजार अनुगम र सादा पोशाकमा सेमत प्रहरी परिचालन गरी आम नागरिकहरूमा शान्ति सुरक्षाको प्रत्याभूति सुदृढ एवं थप मजबुत बनाउनको लागि सोही अनुसार प्रहरी परिचालन गरिएको पनि बताए ।

उनले चाडपर्वको बेला हुने रमाइलो वातावरणलाई अपराधीहरूले दुरुपयोग गर्न नपाओस् भन्ने उद्देश्यले सुरक्षा रणनीति बनाइएको बताए। यससँगै सार्वजनिक सुरक्षा कायम गर्न प्रहरी दिनरात सक्रिय रहने पनि प्रमुख बस्नेतले स्पष्ट पारे।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्