कास्की प्रहरीले सञ्चालन गर्‍यो “अपरेसन ३६५” अभियान
  • प्रमुख खबर

असोज २८, पोखरा ।।
कास्की प्रहरीले मोटरसाइकलको स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने, अनावश्यक हुलहुज्जत मच्चाउने र समाजमा आतंक सिर्जना गर्ने गतिविधिमाथि कडा निगरानी र कारबाही सुरु गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीले शनिबारदेखि “अपरेसन ३६५(Operation 365)” नामक विशेष अभियान सञ्चालन गरेको हो।

प्रहरीका अनुसार यस अभियान अन्तर्गत ठूलो आवाजमा हर्न बजाउने, साइलेनसर परिवर्तन गर्ने, समुह बनाई गुड्ने, सवारी चलाउँदा ट्राफिक नियम उल्लङ्घन गर्ने र समाजमा अशान्ति फैलाउने मोटरसाइकल माथि दैनिक निगरानी भइरहेको छ ।

विषेशगरी शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले यो अभियान निरन्तर सञ्चालन गरिने जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (प्र.ना.उ.) हरीबहादुर बस्नेतले बताएका छन् ।

उनले सवारी साधनका साइलेनसर परिवर्तन गरी ठूलो आवाज निकाल्नेहरूले समाजमा आतंक सिर्जना गरेको र अब यस्ता गतिविधिलाई सहन गर्न नसकिने भन्दै त्यस्ता बाइक चालकहरुलाई कारबाही गरिने बताए।

प्रहरीले सर्वसाधारणलाई पनि सवारी साधन चलाउँदा सभ्य व्यवहार अपनाउन र सामाजिक जिम्मेवारी पालन गर्न आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्