फुस्रेखोलामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु
  • प्रमुख खबर

असोज ३०, पोखरा ।।
पोखरा-१७ स्थित फुस्रेखोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको ज्यान गएको छ । शैक्षिक भ्रमणका लागि पोखरा आएका १३ वर्षीय विकाश देवकोटाको बुधबार दिउँसो मृत्यु भएको हो ।

कालिकोट स्थायी घर भएका देवकोटा परिवारसँग ललितपुर महानगरपालिका-१८ भैंसेपाटीमा बस्दै आएका थिए । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार फुस्रेखोलामा पौडी खेल्न गएका देवकोटा अचानक डुबेर अशक्त भएका थिए। तत्काल उद्धार गरी उपचारका लागि पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको थियो ।

अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको कास्की प्रहरी जानाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्