चतुर्दशीसँगै आज कुकुर तिहार र नरक चतुर्दशी मनाइँदै, लक्ष्मीपूजा पनि आजै
  • प्रमुख खबर

Oplus_131072

कार्तिक ३, पोखरा ।।
यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने कुकुर तिहार आज देशभर श्रद्धा र प्रेमसहित मनाइँदैछ।

यस वर्ष तिथिको घटबढका कारण कुकुर तिहार तेस्रो दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

समितिका अनुसार आज दिउँसो २ बजेर ५२ मिनेटसम्म चतुर्दशी र त्यसपछि औँसी तिथि लाग्ने भएकाले आजै लक्ष्मीपूजा र नरक चतुर्दशी पनि एकैदिन परेको छ।

समितिले सूर्योदयकालमा चतुर्दशी पर्ने दिनलाई कुकुर तिहार र नरक चतुर्दशी मनाउने उपयुक्त तिथि भएको जनाएको छ।

हिन्दू परम्परा अनुसार कुकुरलाई यमराजका द्वारपाल र निष्ठाको प्रतीक मानिन्छ। आजका दिन घर–घरमा कुकुरलाई टीका, माला र मीठा परिकार अर्पण गर्दै पूजा गरिने परम्परा रहिआएको छ।

विषेशगरी कुकुरलाई आज्ञापालक, सुरक्षामा भरोसा योग्य र मानवका सच्चा साथीका रूपमा सम्मान गर्ने यो पर्व निष्ठा र सह–अस्तित्वको प्रतीकका रूपमा पनि लिइन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्