कार्तिक ३, पोखरा ।।
कास्की प्रहरीले लागू औषध ब्राउनसुगरसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पोखरा -१७, घारिपटनमा बस्ने २५ वर्षीय नबराज चापागाई थापा रहेका छन् ।
वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले घारीपाटन क्षेत्रमा लागू औषध बिक्री वितरण भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा उनलाई शनिबार राति पौने १० बजेतिर पक्राउ गर्न सफल भएको थियो।
पक्राउ परेका थापाको खानतलासी गर्दा उनको साथबाट ३ वटा स–साना पुरिया ब्राउनसुगर जस्तो देखिने लागूपदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।
त्यस्तै उनको घरमा थप तलासी गर्दा हेल्मेट र पहेँलो रंगको बट्टाभित्र लुकाइएका १३ वटा स–साना पुरिया ब्राउनसुगरसहित नगद रु. ९४ हजार ५ सय र मोबाइल फोन २ थान फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बरामद गरिएको ब्राउनसुगरको तौल जम्मा ०.९२ ग्राम रहेको र पक्राउ परेका थापालाई नियन्त्रणमा लिइएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्र.ना.उ. हरी बहादुर बस्नेतका अनुसार पक्राउ परेका थापालाई कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।












