पोखरामा जर्मन नागरिकमाथि खुकुरी देखाएर अभद्र व्यवहार गर्ने दुई युवक पक्राउ
  • प्रमुख खबर

कार्तिक ३, पोखरा ।।
कास्की प्रहरीले पोखरामा एकजना जर्मन नागरिकमाथि खुकुरी देखाएर अभद्र व्यवहार गर्ने दुई युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा माछापुच्छ्रे गाउँपालिका–८ का २४ वर्षीय नविन वि.क र तनहुँ व्यास नगरपालिका–५ का २१ वर्षीय विशाल दर्लामी रहेका छन्।

पक्राउ परेका ती युवकहरुले पोखरा–२२, अनदु जंगलस्थित सार्वजनिक स्थानमा शुक्रबार बिहान अन्दाजी ९ बजेर १० मिनेटको समयमा जर्मनीका ६७ वर्षीय नागरिक आन्स पिटर मार्टिनमाथि अभद्र व्यवहार गरेका थिए ।

ती जर्मनीका नागरिक एक्लै हिँडिरहेका बेला ती दुई युवकले धारिलो हतियार खुकुरी देखाएर हातपात गर्दै अभद्र व्यवहार गरेको प्रहरीले जनाएको छ ।

उक्त घटनाबारे जानकारी पाएलगत्तै वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले ती युवकहरूलाई घटनास्थलनजिकैबाट नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका उनीहरूबाट कास्की प्रहारले खुकुरी एकथान समेत बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्र.ना.उ. हरीबहादुर बस्नेतका अनुसार उनीहरूविरुद्ध अहिले १० दिनको म्याद थप गरी सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुर अन्तर्गत अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्