आज हरिबोधिनी एकादशी: भगवान विष्णुको आरधनसंगै तुलसी विवाह र दीपदान गरी मनाइँदै
  • प्रमुख खबर

Oplus_131072

कार्तिक १५, पोखरा ।।
कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशी शनिबार(आज)देशभर श्रद्धा र भक्ति भावपूर्वक मनाइँदैछ।

चार महिनासम्मको ‘देवशयन’ अन्त्य भई आजको दिनलाई भगवान विष्णुको जागरण दिवस मानिने भएकाले हिन्दू धर्मावलम्बीहरूका लागि आजको दिन विशेष महत्वको हुन्छ।

असार शुक्ल एकादशी (हरिशयनी एकादशी)का दिनदेखि निद्रामा रहेका भगवान विष्णु आज जाग्राम हुन्छ भन्ने धार्मिक विश्वास छ। त्यसैले आजको दिन भगवान विष्णुको प्रतीक मानिने तुलसीको विशेष पूजा–आराधना गरिन्छ।

कात्तिक महिनाभर सबै देवदेवी तुलसीको मोठमै निवास गर्छन् भन्ने धार्मिक विश्वास अनुसार आज घर–घरमा तुलसी विवाह, दीपदान र पूजा गर्छन् ।

हरिबोधिनी एकादशीलाई धर्म, दान र पुण्य कमाउने विशेष अवसर मानिन्छ। शास्त्रमा उल्लेख भएअनुसार आजको दिन व्रत र भगवान विष्णुको पूजा गरेमा मनोकामना पूरा हुने, पाप नाश हुने र मोक्ष प्राप्त हुने विश्वास छ।

तपाईको प्रतिक्रिया दिनुहोस्